Sajhamanch Archive

शिवसताक्षीमा डुवानका कारण विस्तावित परिवारलाई वाणिज्य संघका अध्यक्ष काफ्लेद्वारा राहत वितरण

Published: in विविधा by .

शिवसताक्षी । शिवसताक्षी वडा नं. ६ का विस्तावित २५ परिवारलाई राहत वितरण गरिएको छ ।

स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका २५ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघ अध्यक्ष तथा लाइन्सक्लब शिवसताक्षीका चार्टर प्रेसिडेन्ड यामनाथ काफ्ले र आयुस ट्रेडर्सका सञ्चालक आयुस काफ्लेले राहत प्रदान गरेका हुन् ।

उनीहरुले प्रति परिवार १० केजी चामल, १ पोका खाने तेल, १ केजी आयोडिन युक्त नुन, ५०० ग्राम दाल र २५० ग्राम न्यूटेला गरी २५ हजार बराबरको खाद्य सामाग्री प्रदान गरेको अध्यक्ष काफ्लेले जानकारी दिए ।

दैविक विपत्तीमा मानविय भावनाका कारण आफुले सकेको सहयोग प्रदान गरेको अध्यक्ष काफ्लेले बताए । गएरातिदेखिको अविरल वर्षाले स्थानीय सतासी खोलाको गाउँ पसरेपछि शिवसताक्षी ६ का २५ परिवारलाई स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा सारिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *