Sajhamanch Archive

पहिरोका कारण यी जिल्लामा सडक अवरुद्ध

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by .

काठमाडौँ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्वं), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ ।

सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । यस्तै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ । दुवै स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।

दार्चुला, शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । मोरङ, लेटाङ नगरपालिका–३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रुख लडेर सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङ, गल्कोट नगरपालिका–७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । प्युठान, सरुमारानी गाउँपालिका–४ अँधेरी खोला,पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरोध भएको छ । साथै माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाडाँडा र अस्थाई प्रहरी पोष्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

धादिङ, गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वयमा एकतर्फी सूचारु गराएको छ । दाङ, घोराही उपमहानगरपालिका–१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरोध भएको छ । खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले २ वटा सवारी साधन निकालिनुका साथै १ वटा डबल क्याप जिप निकाल्ने पहल भइरहेको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । पहिरोको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । नवलपरासी९पूर्व०, विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल बर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरोध भएको छ । अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँ बेलहनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । धनकुटा, धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

उदयपुर, कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुर्मीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । यसैगरी चौदण्डिगढी नगरपालिका–१० खैराझोडा र सोही नगरपालिका–९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अबरोध भएको छ । उक्त स्थानमा तत्काल ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी खटिएको छ । सोलुखुम्बु, माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *