Sajhamanch Archive

नगरपालिकासँग सहकार्य गर्दै संघ संस्थाले दिए राहत, खाद्य सामाग्री प्रदान गर्न नगरप्रमुखको आग्रह

Published: in समाज, स्थानीय तह by .

शिवसताक्षी । अविरल वर्षाका कारणले शिवसताक्षीका राजवंशी, सन्थाल, ताजपुरियाल लगायतका समुदायहरु विस्तावित बनेका छन् । उनीहरुको उद्दार र राहतका लागि विभिन्न संघ संस्थाहरु जुटेका छन् ।

शिवसताक्षी वडा नं. ४ मा डुवानबाट विस्तावित बनेका ३३ परिवारलाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा राखिएको छ। जसमा जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी र १ गर्भवती रहेका छन् ।

त्यसैगरी शिवसताक्षी वडा नं. ६ का २६ परिवारलाई स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा राखिएको छ । शिवसताक्षी वडा नं. ६ का विस्तावित परिवारलाई २६ परिवार मध्ये २२ परिवारलाई स्थानीय जनआर्दश माध्यमिक विद्यालयका शिवगञ्जमा र ४ परिवारलाई गौरी शंकर प्राविमा राखिएको छ ।

यता नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन)ले शिवसताक्षी नगरपालिकाका विस्तावित बनेका पीडित परिवारलाई नगरपालिकाले तत्काल राहत प्रदान गरेको जानकारी दिएका छन् । उनले नगरका बाढी पीडितलाई उद्योगी व्यवसायी, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुलाई आवश्यक सामाग्री उपलब्ध गराउन आग्रह समेत गरेका छन् । उनले भने, वर्षाको पहिलो चरण भएकाले अब २ महिना निरन्तर वर्षा हुने सम्भवना रहेको हुँदा विस्तापित परिवारलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न बर्खायाममा नहुने भएकाले विभिन्न संघ संस्थाहरुलाई राहत प्रदान गर्न आग्रह गरिएको हो ।

विभिन्न संघ संस्थाहरुले राहत वितरणका लागि आउँदा नगरको एकद्वार प्रणाली वा नगरपालिकामा राहतको परिमाण टिपाई वितरण गर्न समेत अनुरोध गरिएको छ । उनका अनुसार संघ संस्थाहरुले पीडितलाई राहत वितरण गर्दा कुनै पीडित राहतबाट बच्चित हुने कुनैमा दोहोरो पर्ने भएकाले पनि एकद्वार प्रणाली वा नगरपालिकामा आएको पीडितको तथ्यांकको आधारमा वितरण गर्दा प्रभावकारी हुने उनको भनाई छ । पीडितलाई हाल खाद्य सामाग्रीको आवश्यक रहेको बताएको छ ।
हालसम्म शिवसताक्षी नगरपालिका, आयुस ट्रेडर्स, कनकाई गार्मेट, गोपाल गौरी दिगो विकास प्रतिष्ठान लगायतले राहत वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

बाढीबाट कटान भएका क्षेत्रहरुमा थप जोखिम हुन नदिन नगरपालिकाले तत्काल बोरामा बालुवा हाली तटबन्धन गर्ने नगरप्रमुख थोप्राले बताए । अहिले खोलामा लोदो गर्दा जेसिवी लाने अवस्था छैन । पानीको बहाव घटेपछि कटान रोक्नका लागि काम सुरु गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *