शिवसताक्षीका विस्तापित ७७ परिवारलाई राहत प्रदान
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीका ७७ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्ष यामनाथ काफ्लेको संयोजनमा, यसोदा ट्रेडिङ विर्तामोड र आयुस ट्रेडर्स दूधे संयुक्त रुपमा राहत प्रदान गरेका छन् ।
जसमा शिवसताक्षी नगरपालिका वडा नं. ६ जनआदर्श मा.वि.मा रहेका २६ परिवार , वडा नं. ४ का पोक्ला बस्तीका १८ परिवार र त्रिभुवन माध्यमिक विद्यालयमा राखिएका ३३ परिवारलाई राहत प्रदान गरिएको हो ।
जनआदर्श माविमा रहेका पीडितलाई राहत वितरणका लागि नेपाल रेडक्रम सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष नारायण दाहाललाई एकमुष्ट प्रदान गरिएको शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले जानकारी दिए । त्यस्तै वडा नं. ४ का पोक्ला बस्तीका १८ परिवार र त्रिभुवन माविमा आश्रय लिएर बसेका पीडित परिवारलाई राहतका लागि वडाध्यक्ष विष्णु प्रसाईलाई प्रदान गरिएको छ ।
पीडित परिवारलाई ६५ कार्टुन चाउचाउ, २५ बोरा भुजा र ३० पिस टि–सर्ट वितरण गरिएको थियो ।
राहत वितरणमा यसोदा ट्रेडिङ विर्तामोड सञ्चालक राजन अधिकारी र आयुस ट्रेडर्स दूधका सञ्चालक आयुस काफ्लेले उपस्थिति रहेको थियो ।
शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष काफ्लेले मंगलबार पनि पीडित २५ परिवारलाई चामल, दाल, तेल नुन र न्यूटेला वितरण गरेका थिए । नगरपालिकाले दिएको पीडित परिवारको तथ्यांक अनुसार नै राहत प्रदान गरिएको शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए ।
Comments