Sajhamanch Archive

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियोः गभर्नर अधिकारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन।

हिजो नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए ।

देशको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले चार्टर्ड अकाउन्टेन्टहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्त्वपूर्ण हुने गरेको बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै सङ्घका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टर्ड सङ्घ तयार रहने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *