Sajhamanch Archive

माटो बचाउ अभियानकर्मी पुन सुरुङ्गामा हरिकुलमा भव्य स्वागत

Published: in विविधा by .

सुरुङ्गा । माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइ पुगेका छन् । हिजो कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेको छ ।

हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाउ कार्यक्रम गर्दै आइरहेको छ ।

काठमाण्डौको टुडिखेलबाट १७ दिन पहिलेबाट सचेतना जगाउदै म्याराथुन दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुन मगरले झापामा आफ्नो सचेतना अभियान सुरु गरेका हुन् । बिहिबार झापाको कनकाई नगरपालिकास्थित हरिकुल नमुना उच्च माविमा आयोजित सचेतना कार्यक्रममा बोल्दै अभियान्ता मगरले विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभुमि हुने गरेको भन्दै यहि तरिकाले माटोको आर्गनिकपन हराउदै जाने हो भने अवको ६० बर्षमा जमिनमा उब्जाउ हुन छाडने समेत बताए । माटोको आर्गनिकपन कम्तीमा ३ प्रतिशत हुनुपर्नेमा न पालमा यो प्रतिशत २ भन्दा कम भइसकेको भन्दै नेपालको माटो समेत डेन्जर जोनमा परिसकेको भन्दै यसलाई नरोक्ने हो भने नेपाल समेत चाडै मरुभुमिमा परिणत हुने बताए ।

अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइदिएको माटोलाई हामीले थप आर्गनिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । अझैपनि गाउँघरमा रासयनिक मल पाइएन भनेर सरकारको आलोचना हुने गरेको भन्दै कनकाई नगरपालिकाले आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यावस्थापन गरि आर्गनिक मल उत्पादन थालिसकेको जानकारी दिए । मगरको माटो जोगाउ अभियानमा सनम लिम्बु, अजय भण्डारी, निर्मल श्रेष्ठ समेत रहनुभएको छ । हरिकुलमा आयोजित सचेतना अभियानमा विद्यालयका पिन्सिपल रोषन केसीले हरिकुल नमुना उच्च मावि माटो जोगाउने अभियानमा जोडिसकेको जानकारी दिदै यस आन्दोलनमा जोडिनका लागि सबैमा आव्हान समेत गर्नुभयो । कार्यक्रममा लायन्स क्लव अफ कनकाईका अध्यक्ष साजन थापाल लगायातको सहभागिता रहेको थियो ।

मगर बिहिवारै बिर्तामोडहँुदै इलामतर्फ लागेका छन् । मगरले ७५ दिनमा ३ हजार ५ सयमिटरको म्याराथुन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान समेत दौड पुरा गर्ने लक्ष्य रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *