Sajhamanch Archive

चुलाचुलीका बाख्रा पालक कृषकलाई व्यवसायिक तालिम प्रदान

Published: in समाज by .

चुलाचुली । इलामको चुलाचुली वडा नम्वर ५ का बाख्रा पालक कृषकलाई व्यवसायिक पशुपालन तालिम अन्तर्गत बाख्रा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ ।

विपन्न ,दलित,जनजाति र सिमान्तकृत महिलाहरुकालागि आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तर्गत प्रदेश सरकार र चुलाचुली गाउँपालिकाको सहयोगमा बाख्रालक कृषकलाई तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागी कृषकलाई पशु सेवा शाखाका प्रमुख महेश राईले बाख्राको खोर निर्माण, आहारा, प्रजनन्, बाख्राका जात , बाख्रामा लाग्ने विभिन्न रोग लगायतका बारेमा सहजी करण गर्नु भएको थियो भने महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख रीता पोख्रेलले बाख्रा पालन व्यवसायमा आवद्ध महिलालाई समुह गठन र व्यवसायीक परियोजना प्रस्ताव तयारी सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

असार १५ गते बाट सुरु भएको तालिम आज समापन भएको छ । तालिमा चुलाचुली गाउँपालिका वडा नम्वर ५ का २० जना बाख्रापालक कृषकको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *