बैंकहरुलाई कोटा दैनिक २५ किलो सुन
Published: (Updated: )
by .काठमाडौं । बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउने भएका छन् । बजारमा मागअनुसार आपूर्ति हुन नसकेपछि राष्ट्र बैंकले दैनिक आयातको कोटा बढाएको हो ।
सुन माग बढी हुने सिजन (भदौदेखि मंसिरसम्म) का लागि मात्र कोटा बढाइएको हो । नयाँ व्यवस्थाअनुसार ०७५ मंसिर मसान्तसम्म बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउनेछन् ।
हाल बैंकहरुले दैनिक २० किलोका दरले सुन आयात गरिरहेका छन् ।
–कान्तिपुर दैनिकबाट
Comments