करेन्ट लागेर दुई जनाको मृत्यु
Published:
by .झापा । प्रदेश १ का धनकुटा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । धनकुटा छथरजोरपाटी गाउँपालिका १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरी इनरुवा नगरपालिका १ पूर्व टोल का ४४ वर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पङ्खा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments