Sajhamanch Archive

स्रष्टा दाहालका तीन कृति विमोचन

Published: (Updated: ) in विविधा, साहित्य by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा स्रष्टा उमानाथ दाहालको तीन कृति विमोचन गरिएको छ । सतासीधाम साहित्य संगमको आयोजना गरिएको कार्यक्रममा दाहालका तीन कृति विमोचन गरिएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. देवी नेपालले दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को बिमोचन गरेका हुन् । दाहालले २०६४ सालमा दश कथा संग्रह बजारमा ल्याएका थिए ।

दाहाल शिक्षण पेशाबाट सेवा निबृत्त भएपछि साहित्य विधामा सक्रिय देखिएका छन् । उनी श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यायलका प्रधानाध्यापक, सतासीधाम क्याम्पसका प्रमुख भएर ४२ वर्ष लामो समय सेवा गरेका थिए ।

दाहालको बाल गीति कविता संग्रहमा ९१ वटा कविता छन । सबै कविता बाल लयमा गाउन सकिने लेकखकले बताएका छन । गीति कविता संग्रहमा कवि दाहालले आफ्नै भुगोलका धार्मिक तथा पर्यटकिय क्षेत्र, मठ मन्दिर, विद्यालय, बजार र बालबालिकाले दिनहुँ प्रयोग गर्ने वस्तुलाई प्राथमिकता दिएर समेटेका छन ।

यस्तै स्वानुभूति कविता संग्रहमा पचासवटा कबिता समेटिएका छन । उक्त संग्रहका समिक्षक साहित्यकार जीवनाथ सुवेदीले झापाली कविलाई स्वानुभूति भित्रका कविताले लामो समय देखिको कविताको प्यास मेट्न सक्ने बताए । उनले आफ्नै परिवेस र जीवन संग मिलेका कतिपय व्यवहारलाई कवि दाहालले कर्ण प्रिय शव्द संयोजन गरेर कवितामा उतारेको बताए ।

संगीतकार रामचन्द्र अन्जानले कवि दाहाल लामो समय सम्म बालबालिका संग व्यतीत गरेका कारण वाल गीति कविता संग्रह प्रकाशन गरेर साहित्य क्षेत्रमा एक नक्षत्रका रुपमा स्थापित भएको बताए । उनले जीवनको लामो समय बालबालिकासंग विताएकोले उनका गीतहरु बालबालिका जस्तै निर्दोष र चच्चले रहेको समिक्षा गरेका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाल नगरप्रमुख मेगाहाङ्ग थोप्राले राजनीतिक भन्दा फरक कार्यक्रम भएकाले पनि यस कार्यक्रमको छुट्टै महत्व रहेको बताए । कला, साहित्य, संस्कृति सबै विकाससँग जोडिएकाले यसलाई पनि संरक्षण प्रवद्र्धन गर्देै लैजान नगरपालिका सकारात्मक रहेको उनको भनाई थियो । शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट नगरमा ज्ञान घरको निर्माण गरेर अध्ययन गर्ने स्थानको परिकल्पना गरी बजेट विनियोजन गरिएको छ । उनले भने, यसलाई भाषा, साहित्य, कला, संस्कृतिसँग काम गर्दा नगरको अवधाराणा अन्तर्गतको ज्ञान घरले सार्थकता पाउने छ ।

नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका सदस्य डा. देवी नेपालले शिवसताक्षीमा साहित्यको राष्ट्रिय स्तरको कार्यक्रम गरेको बताए । साहित्य उत्थान र प्रवद्र्धनमा नगरपालिको चासो रहेकाले यसलाई सकारात्मक भएको जानकारी दिए । शिवसताक्षी नगरपालिकाले छट्टै साहित्य प्रज्ञाप्रतिष्ठान गठन गरेर यहाँ भापा, धर्म, संस्कृति, कलाको क्षेत्रमा काम गर्न यहाँका साहित्यक स्रष्टाहरुलाई सुझाए ।

कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीति संग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत संग्रहको नेपालको माटो गाएका थिए । साहित्यकार विवस बलिभद्र कोइराला, सेलिङ्ग केसी, टंक विकल्प, दिलिप घिमिरे, त्रिलोचन भण्डारीलगायतले गजल तथा कविता बाचन गरेका थिए । कार्यक्रमा झापाका वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता, उपाध्यक्ष पदमप्रसाद दाहालको स्वागत र सचिव यादव घिमिरेको सञ्चालन रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *