Sajhamanch Archive

शिवसताक्षीको जनता बजारमा माछापुछ्रे बैंकको शाखा रहित सेवा विस्तार

Published: (Updated: ) in अर्थतन्त्र by .

शिवसताक्षी। शिवसताक्षीको दक्षिणी भेगलाई मध्यनजर गर्दै वडा नं. ४ जनता बजारमा माछापुछ्रे बैंकले सेवा विस्तार गरेको छ ।

शिवसताक्षीको शिवगञ्ज भन्दा दक्षिण क्षेत्रमा कुनै पनि बैंक नभएका अवस्थामा माछापुछ्रे बैंकले शाखारहित सेवा विस्तार गरेको हो ।

आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले बैंकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गरेका हुन् ।

उक्त शाखाबाट बैँक खाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तथा सामाजिक सुरक्षा रकम झिक्न समेत सकिने लगायतका बैँकका ७० प्रतिशतका कामहरु सबै गर्न सकिने बैँकले जनाएको छ ।

विशेष गरी शिवसताक्षीको वडा नं. ४ र ५ का वडाबासीलाई बैंकिङ्ग कारोबार र सामाजिक सुरक्षा भत्ता लिनका लागि सहज हुने वडा नं. ५ का वडाध्यक्ष सिकिन पाशवानले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, व्यापारी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *