Sajhamanch Archive

बाढीले क्षति गरेको विवरण संकलन गर्दै शिवसताक्षी नगरपालिका

Published: in विविधा by .

शिवसताक्षी । केही दिन अघि आएको अविरल वर्षाका कारण भएको क्षतिको विवरण शिवसताक्षी नगरपालिकाले संकलन गर्न थालेको छ ।

नगरले निर्माण गरेको पुल, बाटो, कल्भड र नदि कटानबाट भएको क्षतिको विवरण संकलन गर्न थालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) क्षति भएको स्थानमा गई विवरण संकलन थालिएको हो । बाढीका कारण के कति क्षति भएको छ ।

क्षतिभएको स्थानमा गई विवरण संकलन गरिन थालिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनले पुरा विवरण संकलन भएपछि बर्षातको समय अझै रहेकाले अल्पकालिन रुपमा बोरा र जाली लगाएर रोकथाप गरी अन्य क्षति हुनबाट जोगाइने र बर्खा सकिएपछि पुन निर्माण गरिने बताए ।

शिवसताक्षीको बाढीको क्षति विवरण संकलन गर्न नगरका प्राविधिकहरुको टोली क्षति ग्रस्त स्थानमा परिचालन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *