Sajhamanch Archive

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

Published: in अर्थतन्त्र by .

झापा । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ ।

अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो ३ वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो ३ वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।

नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म अमेरिकामा कुल निर्यात १५ अर्ब ९७ करोड ७ लाख १ हजार रुपियाँको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६३ करोड ४९ लाख ५३ लाख रुपियाँको निर्यात भएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा अमेरिकामा कुल निर्यात १३ अर्ब ७९ करोड ३५ लाख ३४ लाख रुपियाँ भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३८ करोड ७१ लाख ९ हजार रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ । समाचार आजको गोरखापत्र दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *