अर्थमन्त्री शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन
Published:
by .काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको थियो सो माग अनुसार १ सदस्यीय छानबिन समिति गठन भएको हो।
समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन्। त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन्। जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने छन्।
Comments