Sajhamanch Archive

नगरप्रमुख थोप्राको सरानिय कामः विपन्न तथा अपाङ्ग परिवारमा ट्युबेल जडान

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिवसताक्षी नं. ९ का विपन्न परिवारलाई खानेपानीको व्यवस्था गरिदिएको छ ।
नगरले शिवसताक्षी नं. ९ की शारीरिक अपाङ्ग समेत रहेकी बविता ओख्राबो लिम्बुलाई टयूबेल जडान गरी खाने पानीको व्यवस्था गरिदिएको हो ।

अति विपन्न परिवार लिम्बुलाई आफुले ट्युवेल जडान गर्न नसक्दा टाडाबाट पानी बोकेर खानु पर्ने बाध्यता रहेको थियो । आफु अपाङ्ग भएर टाडाबाट पानी बोकेर परिवार धानेको गुनासो शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई जानकारी गराएपछि तत्काल खानेपानीको व्यवस्था गरिदिएको बविता लिम्बुले बताइन् ।

विपन्न र अपाङ्ग समेत रहेकी बविता लिम्बुको अवस्था देखेपछि तत्कालन खानेपानीको व्यवस्था गरिदिएको नगरप्रमुख थोप्राले जानकारी दिए । उनको एउटा खुट्टामा समस्या रहेछ ।

राम्रोसँग हिड्न नमिल्ने त्यस्तो अवस्थामा टाडाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको बुझेपछि मैले नै तत्काल ट्युवेल जडान गरी खानेपानीको व्यवस्था मिलाएको प्रमुख थोप्राले जानकारी दिए। नगरभित्र यस्ता विपन्न परिवारहरु धेरै छन्। कतिपय परिवारहरु साँच्चै समस्या मै परेका पनि छन् ।

उहाँहरुले नगरपालिकामा जानकारी गराएपछि उनीहरुको अवस्था हेरी क्रमशः खानेपानीको लागि पनि व्यवस्था गरिदिदै लगिने नगरप्रमुख थोप्राको भनाई छ ।

अपाङ्ग लिम्बूका परिवारमा छोरा सहित ३ जना छन् । श्रीमानले मजदुरी गरर ल्याएको रकमले परिवारलाई हातमुख जोड्न गाह्रो भएको बविता बताउँछिन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *