Sajhamanch Archive

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने

Published: in विश्व समाचार by .

काठमाण्डौँँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएकाछन् ।

प्रधानमन्त्री जोनसनले आज पार्टीको नेताबाट राजीनामा दिने र आउँदो शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएको छ । ‘प्रधानमन्त्रीले देशवासीका नाममा आज केहीबेरमा सम्बोधन गर्नुहुनेछ’, बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका एक जना प्रवक्ताले भने ।

यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदो अक्टोबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीको घोषणा हुने बीबीसीले जनाएको छ ।

पछिल्लो दुई दिनमा मन्त्रिपरिषद्का कैयौँ मन्त्रीले राजीनामा दिएका छन् र केही सांसद पनि उनका विरुद्ध छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री जोनसन दबाबमा परेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *