रोकिएन राजश्व छली, कपडा नियन्त्रणको विवादले ५० लाख राजश्व गुम्यो
Published: (Updated: )
by .भद्रपुर । भद्रपुर भन्सारमा ३ दिनयता व्यापारिक समूह राजश्व काट्न नआँदा ५० लाख बढी राजश्व रकम घाटा भएको छ ।
दैनिक १५ लाखदेखि २० लाखसम्म राजश्व संकलन गर्दै आएको भन्सारमा सोमवार सूर्य अडर्स एण्ड सप्लायर्सको नामा १३ पोका कपडा राजश्वतिरेर लानेक्रममा ५ पोका बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको विषयमा विवाद हुँदा व्यापारिक समूहले ३ दिनयता राजश्व तिर्न नआउँदा ५० लाख बढी राजश्व घाटा भएको हो ।
दुई महिनादेखि मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारमा स्थिर कर्मचारी नहुँदाको फाइदा लिन व्यापारिक समूहले कर्मचारीसित मिलिभगतमा राजश्व छल्ने क्रम बढेपछि प्रहरीले व्यापारिको पिछागरी सामन पक्रन थालेको छ ।
प्रहरीको अभियानलाई रोक्न व्यापारिक समूहले भन्सार गोदामका सामग्री नउँठाउँदा आयात राजश्व ठप्प बनेको हो । सोमवार राज थापा, राजा सरकार र तुलाराम हलुवाइले सूर्य अडर्स एण्ड सप्लायर्सको नामा १३ पोका कपडाको भन्सार काटेका थिए ।
जाँचपास गर्ने कर्मचारीले पनि ठिक भएको प्रज्ञापन पत्र दिएपछि मे १ ज २०२९ नम्बरको पिकअप भ्यानमा १३ पोका कपडा तथा मे १ ज १७२० नम्बरको गाडीमा १० पोका कपडा सूर्य अडर्स एण्ड सप्लायर्सको गोदाम रहेको भद्रपुर ५ मा विभिन्न प्रकारका कपडा अनलोड गर्ने क्रममा पछ्याइ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको ५ पोका कपडा नियन्त्रणमा लिएको थियो । सोही विषयलाई लिएर भद्रपुर नाकाका व्यापारिक समूहले भन्सार काट्न संगठित रूपमै रोकेका हुन् ।
यता यस विषयमा भद्रपुर भन्सारका नासु विजय साही भने भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइ गोदाममा राखेको दाबी गर्छन् । सोही विषयमा व्यापारिक समूहले चित्त नबुझेको भन्दै राजश्व नकाटेको प्रष्ट्याउँछन् । उनका अनुसार ५० लाख बढी राजश्व ३ दिनमा गुमेको छ ।
Comments