Sajhamanch Archive

राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिएको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताइएको छ ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए ।

उनी सेनाको मुख्यालयमा रहेको बताइएपनि हालसम्म उनी कता छन् भन्ने पत्ता लाग्न सकेको छैन् । राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *