Sajhamanch Archive

कनकाई प्रेस क्लबद्वारा साहित्यकार र पत्रकार पुरस्कृत

Published: in राष्ट्रिय समाचार by .

सुरुङ्गा । कनकाई सुरुङ्गा प्रेस क्लबले तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र पत्रकार भीमा शिवाकोटीलाई नगदसहित सम्मान गरेको छ ।

अग्रज साहित्यकार पोखरेल कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गाका हुन् भने पत्रकार शिवाकोटी कञ्चनजंघा एफएमका कार्यक्रम प्रस्तोता तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष हुन् ।

दुवैजनालाई नगद ७ हजार ५५५ रुपैयाँसहित, दोसल्ला र अभिनन्दन पत्र प्रदान गरिएको हो । दुवै जनालाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले सम्मान र पुरस्कार हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा प्रेस क्लबको अक्षयकोष वृद्धिका लागि ११ हजार रुपैयाँ सहयोग गर्ने कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईलाई कदरपत्र प्रदान गरियो ।

कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, सम्मानित व्यक्तित्व कोमलप्रसाद पोखरेल र भीमा शिवाकोटी, पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटा लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्लवका सचिव मनोज बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *