Sajhamanch Archive

कृषि मन्त्री दर्लामीको क्षेत्रमा प्रदेश सरकारबाट ४९ शिर्षकमा बजेट विनियोजन

Published: (Updated: ) in प्रदेश तह, विविधा by .

शिवसाक्षी । झापा क्षेत्र नं. ४ (क) का लागि प्रदेश सरकारबाट धेरै विकाश बजेट छुट्याइएको छ । प्रदेश नं. १ कृषि मन्त्री माननीय झलकसिंह दर्लामीको पहलमा आ.वा. २०७९÷८० का लागि आफ्नो क्षेत्रमा ४९ ओटा शिर्षकमा बजेट छुट्याएइको छ ।

आर्थिक बर्ष २०७९÷०८० का लागि मगरले सवै भन्दा ठूलो योजनाको रुपमा सतासीधाम, झिलझिले, हवल्दार चौक, जनताबजार हुँदै चौरी बस्ती जोडिने सडकका लागि ४ करोड बजेट विनियोजन भएको छ । यस्तै सडक मात्र दर्जन बढी योजना रहेका छन । झण्डै २२ करोड हाराहारीमा बजेट रहेको विकासका योजना मध्ये सडक धेरै रहेका रहेको कृषि मन्त्री दर्लामीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले जानकारी दिए ।

उनका अनुसार सडक कालो पत्रे, नदि नियन्त्रण, खानेपानी, पर्यटकी क्षेत्रको निर्माण, ट्रस व्रिज निर्माण, लगायतका योजना समेत रहेको छ ।
यस्तै आगामी बजेटमा सामुदायिक भवनहरु समेत निर्माण हुने छन । कतिपय अधुरा भवन निर्माण गरिने छ भने केही नयाँ योजनाको रुपमा समेत अघि सारिएको छ । सिंचाई देखि सामुदायिक भवन, कवड हल समेत गरी निर्वाचन क्षेत्र नम्बर ४ क क्षेत्रमा ४९ वटा योजना आगामी आर्थिक बर्षमा सक्ने गरी योजना अघि सारिएको मन्त्री मगरले बताए । यस बाहेक प्रदेश सरकारले अवको दिनमा कृषि क्षेत्रको सर्वाङगीण विकास लागि विभिन्न योजना अघि सारिएको उनले जानकारी दिए ।

यस्तै मन्त्री मगरले यस अघि पनि आफ्ना निर्वाचन क्षेत्रमा पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखी खानेपानी, सिंचाई, पुल, सडक लगायत क्षेत्रमा उल्लेख्य काम भएका छन्। विनियोजित बजेटलाई समयमै कार्यान्वयन गरेर गुणस्तरीय काम गर्न समेत सवैले पहल गर्नु पर्ने स्थानीय बासीको भनाई छ ।

मन्त्री दर्लामीले शिवसताक्षीको ८ र ११ नं. जोड्ने सतासी खोलामा पुल निर्माणका लागि २ करोड, धरमपुर मंगलबार टोल सड निर्माणमा १ करोड, शिवसताक्षी ११ को दूधे बच्चाबगर सडक कालो पत्रेका लागि ९७ लाख बजेट छुट्याएको बताइएको छ।

प्रदेश सरकारबाट विनियोजन गरिएको बजेट रातो किताबमा उल्लेख भएको मन्त्रीका स्वकीय सचिव दुर्गा नेम्वाङ्गले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *