Sajhamanch Archive

एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

Published: (Updated: ) in शिक्षा by .

झापा । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ ।

कार्यालयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको थियो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो भएकाले र राजश्व पनि आउने भएकाले बिक्री गरेको बताउए । उनले भने, ‘डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो हो, राजश्व पनि आयो ।’

कार्यालयका अनुसार करिब २ करोड लागतमा उक्त प्रश्नपत्र छापिएको थियो । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *