Sajhamanch Archive

अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

झापा । अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट १ हजार जनाभन्दा धेरै बिरामी भएका हुन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्क अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा १५९ र इलिनोइसमा १५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को १ लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ । मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *