Sajhamanch Archive

‘काठे भाकैले’ गीतको म्युजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो, लोकप्रिय by .

झापा । गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘काठे भाकैले’मा गायिकाद्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारी तथा गायकद्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर रहेको छ ।

सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समयदेखि सयौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहेकी छिन। दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमालगायत अन्य गायक गायिकाहरुले फरक स्वाद नेपाली सांगीतिक क्षेत्रमा पस्केका छन् ।

कबि तथा गीतकार अमर बान्तु राईले हरेक प्रकारका गीत तथा साहित्यहरु पस्केर नेपालीभाषीहरु माझ लोकप्रियता कमाउँदै साहित्यक क्षेत्रमा चम्किलो नक्षत्र बन्न सफल भएका छन्। उनै गीतकार बान्तुको शब्दमा सजिएको काठे भाकैले अहिले दर्शक श्रोता माझ आएको हो।

छायाँकार नबराज उप्रेतीको छयांकन रहेको भिडियोमा निर्देशक गम्बिर बिष्टको निर्देशन रहेको छ । सार्बजनिक भिडियोमा झापाका आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचर्ड गरिएको छ।

भिडियो हेर्नुहोस :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *