Sajhamanch Archive

झापामा एक वर्षमा ११६ जनाको सवारी दुर्घटनामा परी मृत्यु

Published: in विविधा by .

बिर्तामोड । झापामा गएको एक वर्षमा सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा ५ जना बालबालिका, ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ९६ जनाको दुर्घटनामा ज्यान गएको थियो ।

ट्राफिक प्रहरी कार्यालय झापाले दिएको विवरणमा २५४ जना सख्त घाइते, ७०२ जना सामान्य घाइते भएका छन् । आ।व। ०७८(७९ मा ५६ ट्रक, ३८ बस, १०२ जिपकार, ५५५ मोटरसाइकल, ३५ ट्याक्टर, ४९ टेम्पो, ६६ साइकल,ठेला र अन्य ११ गरी ९१२ दुर्घटना भएको थियो । अघिल्लो आर्थिक वर्षमा १ हजार १ वटा दुर्घटना भएको झापा ट्राफिकले जनाएको छ ।

झापा ट्राफिकले जिल्लाका ७ ठाउँलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेको छ । त्यसमा मेचीनगर–६ को पालिया पुल, मेचीनगर –१३ को चारआलीस्थित कालीझोडा, कनकाई–३ को जुके कल्भर्ट, शिवसताक्षी–१० को माइधार , शिवसताक्षी –२ को धरमपुर चोक, कमल–३ को सानो केर्खा र कलम–५ को पाडाजुँगी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *