Sajhamanch Archive

स्थानीयले राखे आफ्नै गाउँ जाने बाटोको बोर्ड

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ को राजमार्ग उत्तरको गाउँ जाने बाटोको नामकरण गरिएको छ ।

स्थानीयबासीले आफ्नो गाउँ जाने बाटोको सबैलाई चिनाउने गरी नामकरण गरेका हुन् । स्थानीय आश्विन धितालको अग्रसर्तामा उक्त बाटोलाई मैनाचरी मार्ग नामकरण गरिएको हो । नामकरणका लागि सन्तोष मगरको अध्यक्षमा एक समिति पनि गठन गरिएको थियो ।

उक्त समितिले एक घर बराबर २ सय रकम संकलन गरी ४ ओटा नामसहितको बोर्ड राखिएको छ । टाडाबाट आउने मानिसहरुलाई गाउँसम्म आउन दुविदा नहोस भन्ने उद्देश्यले नामकरण गरिएको समितिका सचिव आश्विन धितालले जानकारी दिए ।

गाउँमा केही समान लिएर आउने सवारीसाधन बाटो अल्मलिएर झुकिने अर्कै बाटो जाने भएकाले पनि आफ्नो गाउँ छिर्ने स्थानमा नाम राख्ने उद्देश्यले काम गरिएको सचिव धितालको भनाई छ । उनका अनुसार ४ ओटा बोर्ड निर्माणका लागि १८ हजार खर्च भएको हो । मैनाचरी मार्ग अन्तर्गत मैनाचरी स्कुल जाने बाटो, पञ्चकन्या मन्दिर जाने बाटो, गुन्द्री टोल जाने शाखा बाटोहरुको पनि नामकरण गरी बोर्ड राखिएको छ ।

यो एउटा उदारणका लागि पनि बाटो तथा टोलको नाम राख्ने काम भएको छ । शिवसताक्षी नगरपालिकाल हरेक बाटो तथा टोलहरुको नामकरण गर्न आवश्यक देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *