Sajhamanch Archive

ओली र प्रचण्डबीच वार्ता

Published: (Updated: ) in राजनीति by .

काठमाडौं  । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ ।

दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टादेखि जारी वार्तामा दुई अध्यक्षबाहेक अरु कोही नेता नभएको बताइएको छ ।

वार्तामा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र पार्टीभित्रका असन्तुष्टि र सरकारका कामकारवाहीबारे उठेका सवालमा दुवै अध्यक्षबीच छलफल भइरहेको प्रचण्डका प्रेश संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए  ।

प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिई विहीवार मात्रै स्वदेश फर्किएकाथिए भने प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरबाट असोज १५ मा स्वदेश फर्किएका थिए ।

दुबै अध्यक्ष विदेश भएका बेला नेकपाका तेस्रो वरियताका नेता माधव नेपालले प्रदेश कमिटी गठनप्रति आपत्ति जनाउदै स्थायी समिति सदस्यहरुको भेला गरेका थिए ।

नेपालले भेला बोलाएपछि सिंगापुरबाट अध्यक्ष प्रचण्डले नेपाललाई फोन गरेर सचिवालयले गरेको निर्णयमा पुनर्विचार गर्न सकिने आश्वसन दिएका थिए ।

दुई नेताबीच पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न स्थायी समिति बैठक चाँडै बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *