Sajhamanch Archive

भद्रपुरबाट ब्रा र पेन्टी चोर्ने एक युवक पक्राउ

Published: in विविधा by .

भद्रपुर । चोरी गरेको घटना सुन्दा पनि अच्चम लाग्न सक्छ ? चोरले पैसाका लागि कुनै पनि चिजवस्तु वा धनमाल चोर्ने गर्छन ।

तर, झापाको भद्रपुरमा महिला तथा युवतीहरुको ब्रा वा पेन्टी चोर्न चोर पक्राउ परेको घटना सुन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर, यो घटना सत्य हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विहीवार राती महिला तथा युवतीहरुको ब्रा र पेन्टी चोर्ने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ स्थित मन्त्रीचोक निवासी २५ बर्षीय दीपक राजवंशी रहेको वडाका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।

प्रहरीका अनुसार भद्रपुर ६ स्थित भानुनगरमा अधिकाशं घर भित्र प्रवेश गरेर ती युवकले अन्य सरसामान चोर्नु छाडेर ब्रा र पेन्टी चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक जगेवूले बताए । प्रहरीले ब्रा र पेन्टीसंगै राजवंशीलाई रंगेहात पक्राउ गरेको हो ।

‘विवाहित राजवंशी विगतदेखि नै ब्रा र पेन्टी चोर्न र त्यसलाई सुघँने गरेको प्रहरी समक्ष बयान दिएको छ’, प्रहरी निरीक्षक जगेवूले भने, ‘ब्रा र पेन्टी चोरेर सुघँने चोर पहिलो पटक भद्रपुरमा फेला परेको हो, लागुऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुनसक्छ ।’ ब्रा र पेन्टी चोर्न चोरलाई कानुनी कारवाही नगरी आइन्दा यस्तो सामान नचोर्न सम्झाईबुझाई छाडिदिने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *