दुबै मृगौला खराव भएका वि.क. को उपचारमा सहयोगका लागी अपिल
Published:
by .कमल । दुबै मृगौला खराव भएका वि.क. को उपचारमा सहयोगका लागी आफन्तले अपिल अनुरोध गरेका छन् ।
आर्थिक अवस्था अत्यन्तै खराव भएका दमक ७ निवासी २६ वर्षिय रामकुमार वि.क.को उपचारमा सहयोग गरिदिनका लागी आफन्तले अनुरोध गरेका हुन् ।
पत्रकार मञ्च दमकको सभाहलमा आज पत्रकार सम्मेलन गरि मृगौला खराव भएका वि.क.को आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा सहयोग गरिदनुहुन विरामीका काका भिमवहादुर विश्वकर्माले सबै सग अनुरोध गरेका हुन् । उपचारमा संलग्न डाक्टरका अनुसार आफन्तले मृगौला दिएमा १५ देखी २० लाख रुपैया सम्ममा विरामी निको हुने बताए ।
आर्थिक अवस्था कमजोर भएकै कारण बैदेशिक रोजगारीमा भएको वि.क.को स्वस्थ्यमा समस्या आएपछि कम्पनिले फिर्ता पठाएको र त्यहाँ आएपछि स्वस्थ्य परिक्षण गर्दा दुबै मृगौला खराब भएको थाहा भएको दमक नगरपालिका वडा नम्वर ७ की दलित महिला सदस्य तारा रणपहेलीले जानकारी दिए ।
महिनामा चार पटक डायलोसिस गराउनु पर्छ । डायलोसिसका लागी वडा कार्यलयले २ लाख रुपैया बराबरको सिफारिस गरेको थियो तर सरकारी पालो पर्खिदा महिनौ दिन सम्म पालो नआउँदा विरामीकोे स्वस्थ्य अवस्था जटिल बन्दै गएपछि निजी लगानीमा डाईलोसिस गराउनु भएको आफन्तको भनाई छ । एक पटक डायलोसिस गराएको १५ देखि २० हजार रुपैया लाग्छ । अहिले सम्ममा २ लाख भन्दा बढी रुपैया खर्च भई सकेको रणपहेलीले जानकारी दिए । वि.क.का श्रीमती सहित ९ र ४ वर्षिया दुई वटी छोरी छन् ।
Comments