Sajhamanch Archive

एमाले झापाको द्वारा एमालेमा गोलबद्ध हुदैं, अलग भएकाहरुलाई घर फर्कन आह्वान

Published: (Updated: ) in राजनीति, विविधा by .

झापा । नेकपा एमालेले बामपन्थी परिर्वतनकारी न्यायप्रेमी जनसमुदायलाई पार्टीले उठाएको झण्डा मुनी गोलबद्ध आग्रह गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आग्रह गरेका हुन् ।

प्रेस विज्ञप्ति
हाम्रो पार्टी नेकपा (एमाले) स्थापना काल देखिनै निरंकुशताको विरुद्ध संघर्षको नेतृत्व गर्दै राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्दै आएको छ । जहानिया राणाशासनको अन्त्य, निरंकुश पञ्चायती व्यवस्था विरुद्ध संघर्ष, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा हाम्रो पार्टीले महत्वपूर्ण र नेतृत्वदायी भुमिका खेलेको कुरा सर्वविदितै छ । राजनीतिक परिवर्तनको आन्दोलनमा गर्विलो इतिहास रचेको नेकपा९एमाले० जनताको भरोसायोग्य पार्टीको रुपमा स्थापित छ ।

आज हाम्रो देश गम्भीर संकटमा गुज्रिरहेको छ । राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक हस्तक्षेप बढेको छ । भारतीय सिमा अतिक्रमण बढ्दो छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितको चुच्चे नक्सा हाम्रो अगुवाईमा कायम गरिएको भएपनि यो गठबन्धन सरकारले भुभाग फिर्ता गर्ने कुनै पहल गरेको छैन । यो गठबन्धन सरकारले राष्ट्रियतामा गम्भीर संकट उत्पन्न गर्ने गरी नागरिकता विधेयक जारी गरेको छ । देश आर्थिक संकट तर्फ धकेलिदै । एमाले सरकारमा रहदा जागृत गरेको नेपाली जनताका विकासका सपनाहरु मुर्झाएका छन् । सरकारको संरक्षणमा भ्रष्ट्राचार संस्थागत गरिएको कुरा भ्रष्ट अर्थमन्त्रीको पुर्नवहालीबाट प्रष्ट भएको छ । आज देश असफल राष्ट्र तर्फ धकेलिदै छ ।

नेपाली जनताको मुल अन्तरविरोध रहेको विदेशी दलाल नोकरशाही पुजीपती वर्गको नेतृत्व नेपाली काग्रेसले गरिरहेको छ । राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर ‘सुखी नेपाली(समृद्ध नेपाल’ बनाउने परिकल्पना शोषण रहित समाजका साथ गरिएका बामपन्थी आन्दोलनको मुल बाधक नेपाली कांग्रेस नै हो । केही बामपन्थी पार्टीहरु राजनैतिक सोच, चिन्तन र विचारबाट स्खलित भएर नेपाली कांग्रेसलाई काँधमा बोकेर हिडिरहेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा समाजवादी यात्रा सम्भव छैन । त्यसैले बामपन्थी आन्दोलनमा विश्वास राख्ने जोसुकैले पनि गम्भीर हुनुपर्ने अवस्था आएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा स्थापित एमालेले आफ्नो आन्तरिक जीवनमा समेत उतारचढाव व्यहोर्दै विचार, सिद्धान्त र व्यवहारको कसीमा पटक–पटक जाँचिदै आएको छ । आज देशी विदेशी जनविरोधी शक्तिहरु जनताको आन्दोलन कमजोर बनाउन लागि परिरहेका छन् । यो षड्यन्त्रलाई सामना गर्दै नेपाली क्रान्तिलाई निरन्तर अगाडी बढाउत हामी सबैको कर्तव्य हो । नेपाली क्रान्तिको नेतृत्व नेकपा (एमाले) ले गर्दै आएको छ । न्यायप्रेमी नेपाली जनताको साथ सहयोगमा क्रान्तिको मन्जीलसम्म हाम्रो पार्टीले नेतृत्व गर्नेछ ।

नेपाली कांग्रेस जस्तो दक्षिणपन्थी अवसरवादी शक्ति र नेकपा९एमाले० जस्तो परिवर्तनकारी क्रान्तिकारी शक्तिबिच कुन कित्तामा उभिने हो विवेकको प्रयोग गर्ने बेला आएको छ । त्यसैले बामपन्थी परिर्वतनकारी न्यायप्रेमी जनसमुदायलाई नेकपा (एमाले) ले उठाएको झण्डा मुनी गोलबद्ध हुन हार्दिक अपिल गर्दछौ । साथै विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आह्वान गर्दछौ । हार्दिक अभिवादन सहित ।

अध्यक्ष
क. दीपक कार्की
नेकपा (एमाले) जिल्ला कमिटी, झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *