कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी
Published: (Updated: )
by .विराटनगर । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् ।
बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ ।
दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।
कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते नै कोभिड(१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार प्रतिवादीको खोजी भइरहेको बताए ।
Comments