Sajhamanch Archive

एनएमसीद्वारा मावि स्तरीय हाजिरीजवाफ र दाँत स्वास्थ्य कार्यक्रम

Published: (Updated: ) in मुख्य समाचार, सहकारी, स्वास्थ्य by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज झापाका दुई अलग अलग स्थानमा दुई रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

एनएमसीले आज झापाको निर्वाचन क्षेत्र नम्बर ३ स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता र विश्व मुस्कान दिवसको अवसरमा दाँत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

संस्था अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिद्वारा भद्रपुरमा आयोजित हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर ७ स्थित वीरेन्द्र माविले जितेको छ । उसले ८ वटा माविलाई पछि पार्दै उपाधि हात पारेको हो ।

प्रतियोतिामा कचनकवल ६ को लक्ष्मी मावि दोस्रो र भद्रपुर २ को सगरमाथा मावि तेस्रो भए । त्यसैगरी कचनकवल २ स्थित लक्ष्मीप्रसाद देवकोटा माविले सान्त्वना स्थान हासिल गरेको छ ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, भद्रपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्कीले संयुक्तरुपमा पुरस्कृत गरेका थिए ।

यस्तै नगर शिक्षा प्रमुख ज्ञानबहादुर पौडेल, स्रोत व्यक्ति प्रेम भुजेल, संस्थाका सञ्चालक समिति सदस्य शुभलक्ष्मी राईलगायतले विभिन्न उपाधि विजेताहरुलाई नगदसहित प्रमाण पत्रबाट सम्मानित गरेका थिए ।

अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिका संयोजक माधवचन्द्र प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्यद्वय सावित्रा दाहाल भट्टराई र कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

त्यसैगरी विश्व मुस्कान दिवसको अवसरमा मेचीनगर ९, खुट्टीडाँगीस्थित संस्थाको सम्पर्क कार्यालयमा दाँत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

मेची अञ्चल अस्पतालका दाँत विशेषज्ञ डा. सुसान्तकुमार स्वतन्त्रले दाँतमा आउन सक्ने खराबी र यसबाट बच्न तथा सदैव मीठो मुस्कानका लागि दाँतको महत्त्वबारे सहजीकरण गरेका थिए ।

संस्था अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा सम्पन्न स्वास्थ्य शिक्षा कार्यक्रम समितिका संयोजक दिलिप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव जीवनमणि कटुवालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *