Sajhamanch Archive

भद्रपुरमा सामुहिक रुपमा जनै पूर्णिमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

भद्रपुर । भद्रपुर नगर क्षेत्रका क्षेत्री व्रामण समुदायका पुरूषहरूले जनै पूर्णिमा अन्र्तगत सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरेका छन् ।

भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर ९ स्थित हडिया निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरिएको हो ।

भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८, ९, १० र ५ का अधिकाम्स बासिन्दाका लागि मृत्यु संस्कार अन्र्तगत शव दहन स्थल हडिया निन्दा किनारमा परम्परादेखि रहेको भए पनि केही वर्षयता जातीयताका नाममा राजनीतिकरण गरेर दाहसंस्कार कार्यमा अवरोध गरिएको भन्दै नगरपालिकाले सो स्थानमा रामघाट निर्माणमा सहयोग गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

स्थानीयको माग सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले निन्दा पुल दक्षिणमा शव दहन स्थल कायम गरी रामघाट बनाउन सरोकारवाला स्थानीय अगाडि बढे सहयोग गर्ने प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रतबद्धता जनाएका छन् । प्रमुख पोखरेलले मृत्यु संस्कार कर्म अन्र्तगत लाश व्यवस्थापनका लागि शव दहन अनिवार्य भएकोले खोला किनारमा बस्तीमा असर नगर्ने गरी आर्यघाट बनाउदा नगरपालिका बाधक नहुने समेत प्रष्ट पारेका छन् ।

कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले सो स्थानमा दाहसंस्कार स्थाल बनाउन वडाका तर्फबाट सहयोग रहने प्रतिबद्धता वयक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *