Sajhamanch Archive

‘एमालेले ल्याएका विचार र विकाससँग प्रतिस्पर्धा गर्नुस्ः अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ल्याएका विचार र विकासका कामसँग अरु सरकारले प्रतिस्पर्धा गर्न आग्रह गरेका गरेका छन् । आज (आइतबार) बिहान त्रिपुरेश्वरमा आयोजित युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा ओलीले अरु सरकारले विकासका राम्रा काम गर्ने प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन् ।

उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन भएको समेत भन्न नसकेको बताए । ‘मैले त लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन हो, फिर्ता पाउँ, हुनुपर्छ, संवाद गरौं भनेर पत्रचार गरेको थिएँ’ ओलीले भने, ‘यो सरकारले लिपुलेक, लिम्पियाधुरा समस्या हुन् भनो, समस्या पो हो भन्छ आफ्नो भूभागलाई । ’

ओलीले देशमाथि उठाउनका लागि आफू तल परे पनि केहि नभएको स्पष्ट पारे । ‘कुरामाथि पारेर देश तल पार्नु हुँदैन । देशमाथि उठाउनका लागि आफू तल परे पनि केहि छैन । तर देश माथि हुनुपर्छ’उनले भने । ओलीले भने, ‘तपाईहरुले उपचार गराई दिए मात्र हो, मसँग त उपचार गराउने पैसा समेत छैन ।’

यो सरकार आएदेखि देशको एक वर्ष खेर गएको उनको भनाई छ । ओलीले अहिलेको सरकार आएपछि विकास नभएको धारणा राखे। ‘म प्रधानमन्त्री हुँदा पैसा छैन, पैसा छैन, पैसा छैन भनेको कहिले सुन्नु भयो तपाईहरुले ?’ उनले प्रश्न गर्दै भने, ‘यता नि पैसा छ, उता नि पैसा छ, हुलाकी राजमार्ग बन्छ पैसा छ, धरहरा बन्छ पैसा छ, रानी पोखरी बन्छ पैसा छ, दरबार हाईस्कुल बन्छ पैसा छ । आर्मीको हेडक्वाटर बन्छ पैसा छ । ३९६ वटा अस्पताल एकै ठाउँबाट मैले शिलान्यास गरेँ, बजेट छुट्याएँ निर्माण कार्य सुरु गरेँ, पैसा छ । अहिले सबै पैसा कटेको छ । केहि विकास गर्न पैसा छैन, बाटो, पुल बनाउन पैसा छैन । बनाइसकेको ठेकेदारलाई भुक्तानी दिने पैसा जान्छ कहाँ रु कता हरायो ?अहिले कहाँ कसरी हरायो पैसा चिन्ता त्यो हो । म त जहाँ जता फर्के त्यहाँ गर्दै थिए त । अहिले किन भएन ।’

अहिलेको सरकारले सेटिङमा बजेट ल्याएकाले पाउनु पर्नेले जनताले नपाएको धारणा राखे । ‘सरकार कसैको मानपदवी बढाउनका लागि चाहिने होइन । जनताका सेवाका गर्नका लागि चाहिने हो । देशको विकास गर्न र देशमा सुशासन ल्याउन सरकार चाहिने हो । त्यसकारण सरकार त्यस्तो होस् भनेर मन पोल्छ ।’

उनले भने, ‘सेटिङमा जब बजेट बन्छ, व्यापारीका प्रतिनिधि आएर करका दररेट तोक्छन् मन पोल्छ । मैले केहि पाइनँ भनेर त होइननी, नपाउनुपर्नेले पायो, पाउनुपर्ने जनताले पाएन । जनता लुटियो ।’ आफू र पत्नी दुवैले सबै सम्पत्ति सरकारलाई दान गरिसकेको उनको भनाई छ ।

उनले बाँचुन्जेलसम्म मात्र बालकोटस्थित घरमा बस्ने र आफ्नो जिवनपछि सबै सम्पत्ति सरकारको हुने स्पष्ट पारे। अध्यक्ष ओलीले आफू बिरामी भइहाले घर बेचेर उपचार गराउन नसक्ने बताए। ओलीले भने, ‘सरकारलाई दान दिइसकेको सम्पत्ति कसरी बेच्न मिल्छ र रु’ उनले आफू देश र जनताप्रति समर्पित रहेकाले कुनै लोभ नरहेको बताए। उनले आफू काम गरेर नथाक्ने तर सँगै काम गर्ने युवाहरु थाक्ने गरेको समेत दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *