Sajhamanch Archive

खेलाडी छनोट गर्न झापामा शनिबारदेखि २६ खेलमा प्रतिश्पर्धा हुँदै

Published: in खेलकुद by .

झापा । शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।

झापा जिल्ला खेलकुद विकास समितिले झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सबैखाले तयारी अन्तिम चरणमा पुर्याएको समितिका अध्यक्ष एवम् करातेका प्रशिक्षक भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । ‘आगामी महिना पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता र यही महिनाको दोस्रो सातादेखि हुने १ नं प्रदेशस्तरीय छनोट प्रतियोगितालाई मध्यनजर गरेर झापामा खेलाडी छनोटका लागि प्रतियोगिता हुँदैछ’, अध्यक्ष भण्डारीले भने– ‘बढीभन्दा बढी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र बढीभन्दा बढी मेडल ल्याउने गरी तयारी गरिएको छ ।’

शनिबार बिहान प्रदेश नं को खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका सदस्य एवम् प्रवक्ता जगन कार्की (दुर्वासा)–ले जानकारी दिए । पछिल्लो समय लोकप्रिय बन्दै गएको खोखो खेलबाट प्रतियोगिता शुभारम्भ हुने बताइएको छ । खोखोमा उत्कृष्टता हासिल गर्ने लक्ष्यअनुरुप खेलाडीहरुले प्रशिक्षक जयप्रकाश राजवंशीको प्रशिक्षणमा खेलाडीहरुले लगातार अभ्यास गरिरहेको खोखो संघ झापाका अध्यक्ष रतिया राजवंशीले जानकारी दिए ।

पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरु हुने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *