Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाका कर्मचारीले मनाए तीज

Published: in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले तीज अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शिवसताक्षीको शिवगञ्ज स्थित सामुदायिक भवनमा निजमती कर्मचारी संगठन इकाई समिति शिवसताक्षीको आयोजनामा नगरका महिला कर्मचारीहरुले तीज कार्यक्रम मनाएका हुन् ।

कार्यक्रममा निजामती कर्मचारी संगठन इकाई समिति शिवसताक्षीका अध्यक्ष विमल बास्कोटाले महिलाहरु चार्ड तीज कार्यक्रम राखेर कर्मचारीहरुप्रति गहिरो सम्बन्ध स्थापित गर्न तीज कार्यक्रमले भूमिका खेल्न बताए । तीजले नेपालीहरुको संस्कृतिका जर्गेना गर्दै चेली र माइतीको सम्बन्ध अझ पस्थापित गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा उपस्थित भएका सबैलाई खिर खवाइएको थियो ।

करिब १२ बजेदेखि सुरु भएको कार्यक्रममा महिलाहरुले नृत्य प्रस्तुत गरेको थिए । जसमा नेपाल निजामति कर्मचारी संगठनका पुरुष साथीहरुले पनि नृत्यमा साथ दिएका थिए । निजमति कर्मचारी संगठनका सदस्य धनराज इङ्बुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन महेश लामिछानेले गरेका थिए ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । पछिल्लो समय यो चार्ड सबै जातजातिहरुले मनाउन थालेका छन् । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *