निक्षेपमा गिरावटसँगै बैंकहरुको सीडी रेसियोले सीमा नाघ्यो
Published:
by .काठमाडौं । बैंकहरुको निक्षेपमा लगातार गिरावट हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा नाघ्न लागेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २०७९ साउन मसान्तमा सञ्चालनमा रहेका २६ मध्ये ३ वाणिज्य बैंकको निक्षेप ९० प्रतिशत नाघेको छ । सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको हो ।
चालु आर्थिक वर्ष २०७९र८० लागे पछि साउन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब ७ करोडले घटेको छ ।
२०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४ करोड रहेको निक्षेप ३१ साउन २०७९ मा ४४ खर्ब ३३ अर्ब ३७ करोडमा झरेको छ । तर सोही अवधिमा कर्जा भने १ अर्ब ६९ करोडले बढेको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७४ अर्ब ८४ करोड रहेको कर्जा लगानी साउन मसान्तमा ४१ खर्ब ७६ अर्ब ५२ करोड पुगेको छ ।
Comments