Sajhamanch Archive

सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, ५० प्रिन्ट रगत संकलन

Published: in विविधा by .

शिवसताक्षी । सतासीधाम जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शिवसताक्षीको दूधेमा रक्तदान कार्यक्रम गर्दै सतासीधाम जेसीजले जेसीज सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो ।

मानवीय जीवनमा रगत अन्त्य संम्वेदनशिल र विरामीको लागि आश्वयक भएकाले जेसीजले रक्तदान कार्यक्रमको गरेको सतासीधाम जेसीजका वर्ष २२ का अध्यक्ष अर्जुन भट्टराईले बताए । रक्तदानमा ५० प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहेको थियो ।

रक्तदान कार्यक्रममा शिवसताक्षीको एनी क्लोथिङ ब्राड र रिलाइबल पु्रmडर्स प्रा.लि.ले सह आयोजकको भूमिका निर्वाह गरेका थिए ।

जेसीजले एक साता भरी विभिन्न कार्यक्रमको आयोजना गरेको छ । मंगलबार बृक्षारोपण कार्यक्रम गर्ने भएको सतासीधाम जेसीजले जनाएको छ । त्यस्तै महिला सशक्तिकरण तालिम, लागु पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम, व्यडमिन्टन प्रतियोगिता, सडक दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम र जेसीजको अर्धबार्षिक साधारण सभा गर्दै सप्ताह कार्यक्रम समापन गरिने जसीजका अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नेपाल जेसीजका केन्द्रीय उपाध्यक्ष कुमारसिं साँवा, संस्थापक अध्यक्ष कृष्ण पोख्रेल, पूर्व उपाध्यक्षहरु जीवन गिरी, विनोद खरेल, महेन्द्र भट्टराई, कमल सेन्चुरी लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *