Sajhamanch Archive

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी अभिमुखिकरण सुरु

Published: in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आजबाट तीन दिवशीय अभिमुखिकरण सुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी तीन दिवशीय अभिमुखिकरण आजबाट सुरु भएको हो ।

स्थानीयतह सरकार सञ्चालन ऐन २०७४ विषयगत समितिहरुको कार्यक्षेत्र सम्बन्धी, स्थानीयतहमा निर्वाचित जनपतिनिधिहरुको काम, कर्तव्य अधिकार, योजना अवधारणा, योजना प्रकार, सार्वजनिक खरिद, शुसासन, सदाचार, भ्रष्टचार नियन्त्रण, पारदर्शीता र सेवा प्रवाह लगायतका विषयहरुमा जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गराइने अभिमुखिकरण कार्यक्रम ममता ट्रेनिङ्ग एण्ड रसर्च इनस्टिच्युट प्रा.लि. काठमाण्डाका कार्यकारी निर्देशक नन्दकुमार नेम्वाङ्ग जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रम ममता ट्रेनिङ्ग एण्ड रसर्च इनस्टिच्युट प्रा.लि. काठमाण्डौले गराएको हो । अभिमुखिकरणको रामकुमार दाहालले सहजीकरण गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *