कमल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम प्रदान
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीचारीलाई विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका अन्तर्गत स्थानीय सरकारको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा सन्चालित तालिममा प्रदान गरिएको हो । तालिममा विपद् लेखाजोखा मार्गनिर्देशन अन्तर्गत विपद् आउनु भन्दा पहिले गर्नु पर्ने पुर्व तयारी र विपद् आईसकेपछि गरिने व्यवस्थापनका विषयमा मोहन गौतम र डम्बर घिमिरेले सहजीकरण गरेका थिए ।
कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेको अध्यक्षतामा सन्चालित तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य ,प्रमुख प्रशासकिय अधिकृत तथा विषयगत शाखा प्रमुखहरु सहभागी रहेको थियो ।
Comments