Sajhamanch Archive

एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी

Published: in अर्थतन्त्र, मुख्य समाचार, विविधा by .

काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तुहरु निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १०।३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ को साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार १४।८१ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजार रुपैयाँको रहेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष नेपालको वैदेशिक निर्यात र आयात दुवै घटेको छ ।

नेपालले गत साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट आयत गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालको आयातमा १२।९० प्रतिशतले घटेको छ ।

नेपालको वैदेशिक निर्यात यस वर्षको साउनमा २८।३८ प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ को साउन महिनामा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तुहरु निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको साउनमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *