मोती माविको वार्षिकोत्सवमा पूर्व प्र.अ. भट्टराई सम्मानित
Published:
by .शिवसताक्षी नगरपालिका २ स्थित मोती माध्यमिक विद्यायलका पूर्व प्रधानाध्यापक सम्मानित भएका छन् । विद्यालयको ५८ औ वाषिकोत्सव तथा १५७ मोती जयन्तीको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक कमल भट्टराई सम्मानित भएका हुन् ।
कार्यक्रमा वडा नं. २ का वडाध्यक्ष भिम नेम्वाङ्गले विद्यालयको वार्षिकोत्सव कार्यक्रमकालागि वर्षेनी १० हजार सहयोग गर्ने र आगामी बजेटमा वडाको सिलिङ्ग बजेटबाट विद्यालयलाई ५ लाख विनियोजन गर्ने घोषणा गरे ।
त्यस्तै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले शिक्षालाई विशेष प्राथमिकतामा राखेर नगरपालिकाले स्माट विद्यालयको बनाउने बजेट विनियोजन गरेको बताइन् । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बनाई गरिबका छोरा छोरीले गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सामुदायिक विद्यायलमा पनि बनाउने योजना रहेको जानकारी दिइन् ।
नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्कीले सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भएपनि सुविधा सम्पन्न विद्यालय भवन नहुँदा शिक्षणमा सोचे जस्तो परिणम नआएको बताए । उनले शिवसताक्षीको कुनै एक विद्यालयलाई नमुना विद्यायलको रुपमा विकास गर्न जनप्रतिनिधहरुलाई सुझाब दिए ।
कार्यक्रममा विद्यालयमा स्थापित धनपति केदार माया स्मृति छात्रबत्ती, जुद्धबहादुर जानुका बस्नेत स्मृति र बालकुमारी थापा स्मृति अक्षय कोषबाट कक्षा ८, १० र १२ कक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरिएको थियो ।
विद्यार्थीहरुले कार्यक्रम गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने, विद्यायलका प्रधानाध्यापक लोकबहादुर लावतीले विद्यालयको संक्षित विवरण पेश गरेका थिए । शिक्षक निर्मला भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक खेमनाथ सिग्देल गरेका थिए ।
Comments