सामुदायिक विद्यालय कर्मचारीको आन्दोलन, देश भर विद्यालय बन्द
Published:
by .कमल । देशभरका सामुदायिक विद्यायलयमा कार्यरत कर्मचारीहरुले आज नेपाल सरकार समक्ष विभिन्न भाग राख्दै आन्दोलद स्वरुप विद्यालय बन्द गराएका छन् ।
आन्दोलनमा उत्रिएका लेखा सहायक र विद्यालय सहयोगी कर्मचारीले आज आफ्ना ११ बुँदे माग राख्दै देशैभरका सामुदायिक विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।
यसैक्रममा झापाको कमल गाउँपालिकामा रहेको २१ वटै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले समेत विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण समयमा विद्यालय पुगेका शिक्षक र विद्यार्थीहरु विद्यालय बन्द भएका कारण फर्किएका छन् । कर्मचारीले सरकार समक्ष दरबन्दी सृजना गर्नुपर्ने, स्थायी गर्नु पर्ने र नेपाल सरकारले तोकेको न्युनतम तलव स्केल उपलब्ध गराउनु पर्ने लगायत ११ बुँदे माग राख्दै विद्यलाय बन्द गराएका हुन् ।
विद्यालय कर्मचारीलाई सरकारले वेवास्ता गरेका कारण वाध्य भएर आन्दोलनमा उत्रिनु परेको कर्मचारीरु बताउँछन् । एउटै विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी भए पनि सेवा सुविधाका हिसारले हामी कर्मचारी अन्यन्तै ठुलो मारमा शहिद धर्मभक्त माध्यमिक विद्यालयका लेखा सहायक पदमा कार्यरत महेन्द्र कुमार अधिकारीले बताए ।
विद्यायलमा अध्ययनरत विद्यार्थीहरुको पढाईमा सामान्य असर परे पनि कर्मचारीहरुले बाध्य भएर विद्यालय बन्द गराउनु परेको उनको भनाई छ ।
दैनिक रुपमा विहान चाँडो आउने र बेलुका सबै काम सकेर ढिलो घरजाने भनेका विद्यायलका कर्मचारी हुन् । उनिहरु विना विद्यालय सन्चालन गर्न असम्भव छ । विद्यालयमा लेखा राख्ने र घण्टी लगाउनुका साथै विद्यालयको सरफाईमा महत्व पुर्ण योगदान पुर्याउने कर्मचारीलाई नेपाल सरकारले अत्यन्तै न्युन पारिश्रमी दिएको छ । वहाँहरुका माग जायद भएकोले यसलाई सरकारले पुरा गर्नु पर्न भनेर नै कर्मचारीका आन्दोलनमा ऐकबद्धता जनाएको कमल २ स्थित कमला मदन आश्रित स्मृती विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले बताए ।
Comments