Sajhamanch Archive

मानवअधिकार रक्षकले खोजे पहिचान

Published: in विविधा, समाज by .

विराटनगर । मानवअधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानव अधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्ने वेला आएको बताए ।

कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालय काप्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयले ड्राफ्ट गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्वन्धि आदेश २०७७ ले समेटेका विषयमा थापाले जानकारी दिए । उनले मानव अधिकार रक्षकहरूको अवस्था द्वन्द्व कालमा भन्दा सुधार भएको तर, अझै पनि ढुक्क हुने अवस्थाभने नरहेको बताए । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौलाले मानव अधिकार संवन्धि राष्ट्रिय कार्ययोजना र मानव अधिकार संवन्धि निर्देशिकाहरु जारी भए पनि मानव अधिकार रक्षक संवन्धि छुट्टै कानुन निर्माण नभएकाले अझै पनि मानव अधिकार रक्षक राज्यको पहिचानमान नपरेको बताए ।

मानव अधिकारकर्मी मणिकुमार अज्र्यालले मानव अधिकार रक्षकहरूले धेरै काम गरेको भएपनि त्यस्ता कामको अभिलेखिकरण हुन नसकेको बताए । नारी विकास संघकी प्रमुख सीता शर्माले मानव अधिकार रक्षकहरूले गाइड लाईन विनै पनि काम गरिरहेको अवस्थामा सरकारले गाइडलाईन बनाउनु सकारात्मक रहेको बताइन् । गैरसरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष लखन साहले सबैको संगठन भएपनि मानव अधिकार रक्षकको बलियो संगठन नभएको जानकारी दिए । मानव अधिकार रक्षकहरूको सञ्जाल, उप सञ्जाल गठन भएको तर बलियो र आधिकारिक संगठन नरहेको उनको भनाई थियो ।

प्रदेश सरकारले बारम्बार लगानी सम्मेलनको कुरा गरे पनिप्रदेश १ मालगानी सम्मेलन नहुँदा दातृ निकायहरू तथा अन्तारष्ट्रिय गैर सरकारी संस्थालाई लगानी गर्ने वातावरण बन्न नसकेको उनले बताए । कार्यशालामा मानव अधिकार कर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्वन्धि आदेश २०७७का विषयमा छलफल समेत गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *