Sajhamanch Archive

कमलमा आयुर्वेद अस्पतालको उद्घाटन स्थानिय उत्साहित

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका ६ स्थित प्रदेशिक आयुर्वेद अस्पतालको आज एक कार्यक्रममा बिच १ नम्वर प्रदेशका स्वस्थ्य मन्त्री जयराम यादव र कृषी मन्त्री झलक सिंह दर्लामीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

अस्पताल उद्घाटन भएपछि स्थानिय उत्साहित भएका छन् ।२०७५ सालमा तत्कालिन प्रदान मन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको अस्पताल आज मन्त्री द्वयले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भुमिदान महादान हो यस्तो पवित्र कामका लागी जग्ग्गा दान दिने जग्गा दातालाई मन्त्री यादवले धन्यवाद दिएका थिए । यस्ता दानविरले जग्गा दान गरेका कारण आज यस ठाउमा यस्तो भव्य अस्पताल निर्माण भएको छ । जसले कमल गाउँपालिकाका आम नागरिकले अस्पतालबाट सेवा लिने मन्त्री यादवको भनाई थियो ।

आफुले दिएको जग्गामा अस्पताल बनेर त्यसबाट सेवा लिन पाउने भन्दै जग्गा दाताले मणी भण्डारीले खुसी व्यक्त गरे । उनले अस्पतालका लागि जग्गा दिने सबै दाताहरुले आफ्नो परिवारको गाँस काटेर अस्पतालको निर्माणकालागी यस क्षेत्रका नागरिकको उपचारमा सहयोग पुग्ने उद्देश्यले जग्गा अस्पताललाई जग्गा प्रदान गरेको बताए ।

पछिल्लो समय आयुर्वेदिक उपचार तर्फ मानिसहरुको आकर्षण बद्दै छ । कमल गाउँपालिकामा प्रदेश स्तरीय आयुर्वेदिक निर्माण हुनु गौरवको कुरा हो । यो अस्पताल सन्चलनमा गाउँपालिका प्रचारमुखी अभियानमा लाग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताए ।

पछिल्लो समय ७० प्रकारका नसर्ने रोग बाट मानिस हरु विरामी हुने गरेका छन् । अस्पतालमा आजै बाट सेवा ओपिटी सेवा सन्चालनमा आएको छ । याहँ बाट सबै प्रकारका विरामीको उपचार हुने अस्पतालका निमित्त आयुर्वेदिक चिकित्सक डाक्टर अनिल कुमार यादवले जानकारी दिए । कार्यक्रममा जग्गा दातालाई खादा र सम्मान पत्र बाट सम्मान समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *