Sajhamanch Archive

दुईपाङ्ग्रे सवारी साधानमा मोबाइल होल्डर राखे २० हजार जरिवाना

Published: in विविधा, समाज by .

बिर्तामोड । मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुने भएको छ ।

दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘होल्डर राख्नु पनि सवारीसाधनको स्वरुप परिवर्तन गर्नु नै हो । यो नियम पहिल्यैदेखि थियो । अहिले त कडाइका साथ पालना गराउन मात्र लागेका हौँ,’ उनले भने । अहिले सम्झाइ बुुझाइ र सामान्य जरिवाना गरिरहेको र चालकले अटेरी गरे कडाइ गरिने उनले बताए ।

‘अहिले हामीले लापर्वाही कसुरमा ५ सय १ हजार मात्र जरिवाना गरेका छौँ । सवारीचालकले अझै पनि अटेरी गरे स्वरुप परिर्वतन कसुरमा ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना हुन्छ,’ भट्टले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *