Sajhamanch Archive

अर्जेन्टिनाकी उपराष्ट्रपतिको हत्या प्रयास: टाउकोमा ताकिएको बन्दुक नपड्किएपछि बाँचिन्

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरको टाउकोमा ताकेको बन्दुक नपड्किएपछि उनी हत्या हुनबाट जोगिएकी छिन् ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने, ‘पाँच वटा गोलीले भरिएको बन्दुकले फायर नगरेकोले मात्र फर्नान्डेज डे किर्चनर बाँचिन् ।’ उनी बिहीबार राति ९ बजे रेकोलेटाको ब्यूनस आयर्स नजिकैको आफ्नो घर बाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी थिइन् ।

‘एक व्यक्तिले उनको टाउकोमा बन्दुक देखाएर ट्रिगर तान्यो’, राष्ट्रपतिले राष्ट्रिय प्रसारणमा भने, ‘क्रिस्टिना अझै जीवित छ किनभने, कुनै कारणले पुष्टि हुन बाँकी छ, बन्दुकले फायर गरेको छैन ।’

उनले यसलाई सन् १९८३ मा ‘हामीले प्रजातन्त्र पुनः प्राप्ति गरेयताकै सबैभन्दा गम्भीर घटना’ भनेका छन् र यस घटनालाई अस्वीकार गर्न राजनीतिक नेता र समाजलाई आग्रह गरेका छन् । अर्जेन्टिनाको अखबार क्लारिनले एक ३५ वर्षीय ब्राजिलियन व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *