नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ (ख)मा गिरी सहित तीन जनाको नाम सिफारिस
Published: (Updated: )
by .शिवसताक्षी । नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो ।
गिरी नेपाली कांग्रेका प्रदेश महाधिवेशन प्रतिनिधि र युवा व्यवसायी हुन् । उप्रेती र कार्की पनि महाधिवेशन प्रतिनिधि हुन् । त्यस्तै गरी समानुपातिकमा भिम राजवंशी, टंक विश्वकर्मा, मनोजकुमार पोख्रेल र महिला सदस्यमा लक्की गणेश, कविता बस्नेतलाई सिफारिस गरिएको नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले जानकारी दिए ।
Comments