नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ मा थेबेलाई सर्वसम्मत, को –को परे प्रदेशमा सिफारिस
Published: (Updated: )
by .शिवसताक्षी । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेलाई झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेवेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले जानकारी दिए ।
त्यस्तै भेलाले समानुपातिक तर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको साहले बताए ।
त्यसैगरी क्षेत्र नं. ४ (क)मा महेश्वर दुलाल, मचिन्द्र शेर्मा, पदम रिजाल, पर्शुराम ढुंगाना, विनोद ढकाल, नारायण बजगाईँं र किरण भट्टराईलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ सुर्य नारायण ताजपुरिया, सन्तोष मेन्याङबो, अधिकचन ताजपुरिया, यादब श्रेष्ठ, भक्ति सिटौला, दिनेश्वर राजवंशी, भुपेन्द्र ढुंगाना र जेठा मुर्मूको नाम सिफरिसमा परेका छन् । महिला तर्फ जयकुमारी चेम्जोङ्ग, इन्द्रकुमारी पाण्डे, निता सिटौला, मथुरा श्रेष्ठ, चन्द्रकला कोइराला गौतमको नाम सिफरिस गरिएको नेपाली कांग्रेस क्षेत्र ४ (क) का प्रदेश सभापति विनोद ढकालले जानकारी दिए ।
नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो ।
त्यस्तै गरी समानुपातिकमा भिम राजवंशी, टंक विश्वकर्मा, मनोजकुमार पोख्रेल र महिला सदस्यमा लक्की गणेश, कविता बस्नेतलाई सिफारिस गरिएको नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले जानकारी दिए ।
Comments