Sajhamanch Archive

ज्येष्ठ नागरिक शिवसताक्षीको साधारणसभामा ज्येष्ठ सदस्यहरु सम्मानित

Published: in समाज by .

शिवसताक्षी । ज्येष्ठ नागरिक शिवसताक्षी नगर समितिले ११ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक नगर समितिले आफ्नो १०औं वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठहरुलाई सम्मान गरि सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ्ग थोप्रा र विशिष्ट अतिथि उपप्रमुख नरमाया कार्कीले ज्येष्ठ नागरिक हक हितको लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रत्येक वडाबाट एकजना ज्येष्ठ आजीवन सदस्यहरुलाई सम्मान गरेका छन्।

सम्मानित हुनेहरुमा क्रमशः डम्बरबहादुर दाहाल ,आइतमाया लिम्बू ,नारद ऋषि मोक्तान ,नारायण श्रेष्ठ ,मानबहादुर जवेगु,कृष्णप्रसाद लुइँटेल ,मेघनाथ सापकोटा ,दिलबहादुर कुँवर ,चन्द्रप्रसाद निरौला ,तुलसा गिरी,र मनोमाया खड्का सम्मानित भएका छन् ।

ज्येष्ठ नागरिकहाम्रो सामाजका गहना भएकाले उनीहरूको सेवा सुविधाका निम्ति नगरपालिकाको पहलमा प्रत्येक वडाबाटै ज्येष्ठ बुबाआमाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण पहल भइरहेको नगर उपपरमुख कार्कीले बताइन् ।

ज्येष्ठ नागरिक नगर समिति अध्यक्ष पदमप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रम शिवसताक्षि(११ स्थित सामुदायिक अध्यायन केन्द्रको सभहलमा सम्पन्न भएको थियो ।कार्यक्रममा अध्यक्ष द्वारा २०७८र०७९को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख थोप्राले ञसक्रियता नै जीवनको सफलता हो झर ज्येष्ठ नागरिकको सम्मानका लागि प्रत्येक वडामा ज्येष्ठ चौतारीको निर्माण भइरहेको छ।यसै बर्षदेखि ज्येष्ठ नागरिकहरुलाई तिर्थयात्राको लागि वजेट निकास गराउने प्रतिवद्धता व्यक्त गरे।

वि स २०६९मा ज्येष्ठ नागरिक वृद्ध वृद्धा गाउँ समिति सतासीधामको नाममा स्थापित यो संस्था हाल ज्येष्ठ नागरिक नगर समिति शिवसताक्षीको नाममा सञ्चालित छ।ज्येष्ठ नागरिकका हक अधिकार र सेवा सुविधाका लागि यश संस्थाले स्थापना कालदेखि नै आवाज उठाँउदै आएकोे छ।ज्येष्ठ नागरिकहरु अनुभवले खारिएका ,विचारमा परिपक्व इतिहासका निर्माता र राष्ट्रका सम्मानित व्यक्तित्व हुन् ।झज्येष्ठ मातापिता हाम्रा तिर्थ हुन ,हामी सबैले सम्मान गरौं झभन्ने नाराका साथ यस संस्थाले विविध कार्यक्रमहरु गर्दै आएको छ ।

ज्येष्ठ नागरिक नगर समिति उपाध्यक्ष अम्बिकाप्रसाद अधिकारीले स्वागत मन्तव्य गरेका थिए भने सञ्चालन समिति सचिव नरपति पाठकले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *