Sajhamanch Archive

जनतालाई सुकुम्वासी बनाउने कुनै पनि संस्था सहकारी हुदैनन्ः सचिव न्यौपाने

Published: (Updated: ) in सहकारी, by .

मेचीनगर । प्रदेश नम्बर १ का प्रमुख सचिव केदार न्यौपानेले जनताको धितो लिलाम गरी सुकुम्वासी बनाउने संस्थाहरु कुनै हालतमा सहकारी हुन नसक्ने बताएका छन् ।

शनिबार झापाको मेचीनगरस्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख सचिव न्यौपानेले उक्त कुरा बताएका हुन । जनतालाई ठगेर घरवार लिलाम गरी उनीहरुलाई सुकुम्वासी बनाउने संस्था सहकारीका नाममा साहुकारी मात्र हुने उनको टिप्पणी थियो ।

देशको अर्थतन्त्रको तीनखम्बे नीजि, सरकारी र सहकारी नीति अनुसार सहकारीको योगदान महत्वपुर्ण रहेको उनको भनाई थियो । निजी नाफाको पछाडी कुद्ने, सरकारी काम कहिले जाला घामको प्रतिक्षामा बस्ने गरेका कारण पनि देशको अर्थतन्त्रमा टेवा पुर्याउन सहकारीको भूमिका ज्यार्दै ठुलो रहेको उनले बताए ।

‘नीजिक्षेत्र नाफा कहाँ कहाँ छ खोज्दै हिडछ’ प्रमुख सचिव न्यौपानेले भने —‘सरकारी भनेको समय कटाउने मात्रै होइन, सहकारीमा सहकार्य हुन्छ , सामुहिक भावना हुन्छ अनि देशको समृद्धितर्फ सहकारी लाग्छ ।’

सहकारी कसैले पनि सम्पति कमाउन सञ्चालन नगरेको प्रष्ट पादैै उनले सहकारीले सवैलाई समानरुपमा हेर्ने र सर्वसाधारणको जीवनस्तर माथि उकास्न र सवैलाई एउटै छातामुनि समानरुपले राख्न सञ्चालन गरिने उनको भनाई थियो । सहकारीमा सवैजात, धर्म, लिगं विचारका मानिससमेत अट्न सक्ने उनको तर्क थियो ।

तर सहकारीले कस्ले राम्रो नराम्रो काम गर्यो त्यसको लेखाजोखा राख्नर राम्रो काम गर्नेलाई पुरस्कृत तथा नराम्रो काम गर्नेलाई दण्डित गर्न पछि हट्न नहुने उनको भनाई थियो । बीउ उत्पादन गर्ने, कृषि कर्ममा लाग्ने, पशुपालनमा जुट्ने कृषकको पहिभान गरी उनीहरुलाई थप दिनुपर्ने सेवा सुविधामा सहकारी अघि बढ्नुपर्ने उनको तर्क थियो । स्थानीय सरकारले विकास निर्माणका काम गर्दा अब उपभोक्ता समिति र ठेकदारलाई मात्र नखोज्न भन्र्दै सहकारीकर्मीहरुलाई जुनसुकै विकास निर्माणका काम गर्न दिए गुणस्तर परिणाम दिने हुदा पुल, बाटो, कल्भर्टआदि बनाउन स्थानीय तहले सहकारी संघ संस्थाहरुसँग सहकार्य गर्न उनको सुझाव थियो ।

उनले १ नम्बर प्रदेशलाई सहकारी प्रदेशका रुपमा विकास गर्ने उद्घोष गर्दै यसका लागि आम सहकारीकर्मीहरुको सहयोग र सद्भावको खाँचो औल्याए । उनले विभिन्न राजनीतिक दललाई समेत सहकारीसँग समन्वय गरेर सहकार्य गर्दै देशलाई समृद्ध बनाउन जोड दिए ।

सहकारीलाई अनुत्पादकक्षेत्रमा लगानी नगर्न सुझाँव दिर्दै सचिव न्यौपानेले अहिले हाम्रो मुलुकमा सहकारीको संस्कृति विकसित भएकाले अब उप्रान्त सहकारीका कुनै पनि सदस्यले विदेश नजाने आफ्ना सन्तानलाई पनि नपठाउने तथा देशलाई कृषिमा आत्मनिर्भर बनाएर कृषि कर्ममा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बेला आएको बताए ।

‘नेपाललाई कृषि प्रधान देश भन्ने तर हरेक खाद्यन्नमा नेपाल परनिर्भर हुनुपर्ने ’ उनले भने—‘यो अवस्था आइरहेको नेपाल कृषि प्रधान देश भन्ने भनाई कागतमा मात्र सिमित हन्छ । ’

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सहकारी सञ्चालकहरुले संस्था सञ्चालनमा सानो त्रुटिमात्र गरे परिणाम नकरात्मक आउने भएकाले संस्था सञ्चालक कर्मचारी तथा त्यसको व्यवस्थापनको पाटो त्यसतर्फ चलाख बन्न जोड दिए ।

नेपाललाई कृषि प्रधान देश भनिए पनि हरेक कृषि तथा कृषिजन्य वस्तुका लागि परनिर्भर बन्नु परेको बताए । उनले स्वदेशमा उत्पादन हुने खाद्य वस्तु विदेशबाट आयात हुन नदिन भन्सार दरमा बृद्धि गर्न तथा क्वारेन्टाइन चेकजाचमा धेरै कसिलो बनाउने व्यवस्था गर्न प्रमुख सचिव न्यौपानेसमक्ष आग्रह गरेका थिए ।

कार्यक्रममायसवर्षको स्वर्गीय डिकबहादुर पौडेल सहकारी स्मृति सम्मान अनन्तप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्जा कारोवारी भीमकुमार श्रेष्ठ र शान्ति राजवंशी, वर्ष उत्कृष्ट कृषक विमला श्रेष्ठ र राजन बुढाथोकी, उत्कृष्ट बचतकर्ता केमेल मेचे, लक्ष्मण पराजुली तथा संस्थाका शेयर सदस्यका सन्तानमध्ये एसइइमा सर्वाैत्कृष्ट अंक ल्याउने सागर निरौला र रिजेश अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो ।सवैलाई प्रमुख अतिथि न्यौपाने विशिष्ट अतिथि आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष तुलसीराम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गादेवी खतिवडा, नेकपाका देवकुमार राई, नेपाली काँग्रेसका मणिकुमार उप्रेती, आदर्श माविका प्रधानध्यापक हेमकुमार खड्का मेचीनगर वडानम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमाललगायतले बोल्नुभएको थियो ।

सचिव हरिबहादुर बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले स्वागत गर्नुभएको थियो । संस्था सञ्चालक सदस्य जेतप्रसाद चौलागाईले सञ्चालक समितिकातर्फबाट अध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पूर्णबहादुर खड्काले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *